सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एसपी वीरसिंह साहुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी निरीक्षकमा बढुवाको लागि पेश गरेको शैक्षिक प्रमाणपत्रमा त्रुटी देखिएपछि अख्तियारले उनीमाथि मुद्धा दायर गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं। ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक साहुले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि २०५९र१२र०७ गते पेश गरेको प्रमाणपत्र नक्कली भएको अनुसन्धानका क्रममा खुलेको अख्तियारको ठहर छ । उनले सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा। राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बी।ए। तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए ।

झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भई लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । आफ्नो प्रमाणपत्रबारे छानबिन भइरहेको थाहा पाएपछि साहुले एक महिनाअघि नै राजीनामा दिइसकेका छन् । उनी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा भर्ना भई सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

+