ग्वार्कोको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा, र्‍याम्पमा कालोपत्रे सकेपछि जेठभित्रै सञ्चालनमा आउने

ललितपुरस्थित ग्वार्को चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

जेठभित्रै दुवैतर्फको र्‍याम्प फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना०मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ ।

फ्लाइओभरमा आकासेपानी व्यवस्थापनको संरचना, ट्राफिक लाइट जडान, पेन्टिङलगायतका काम भने असारभित्र सकिने छ ।

सडक विभागले इपिसी इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी माघ २०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले २०७९ पुस २३ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । तर निर्माण सुरु गर्नासाथ डिजाइनमा समस्या देखिएपछि माघ २०७९ मा निर्माण कार्यमा अवरोध भएको थियो ।

त्यसपछि डिजाइन परिमार्जन गरेर निर्माण सुरु गरिएको थियो । पटक–पटक थप गरेर दिएको म्याद सकिएपछि कम्पनीले गत १० पुसदेखि आफैँले जरिवाना तिरेर काम गर्दै आएको छ ।

दयिन

त्यसमा पनि सातदोबाटोपट्टिको र्‍याम्पमा समस्या देखिएपछि गत पुस–माघमा गरी करिब एक महिना काम रोकियो ।

त्यसपछि कम्पनीले माघ २३ गतेदेखि पुनः काम सुरु गरेको थियो ।

+