विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । यो समाचार लेख्दासम्म तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन नसक्दा डाइभर्ट गरिएको छ ।
विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार, कतारको दोहाबाट आएको कतार एयरवेज भारतको कोलकाता डाइभर्ट भएको छ ।
सो परराष्ट्रमन्त्री आरजु राणासमेत थिइन् । राणाका सल्लाहकार एकराज पाठकका अनु्सार, कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको छ । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए ।
यस्तै, मलेसियाबाट आएको नेपाल एयरलाइन्स दिल्लीमा र चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो । भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.