विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेको पाँच घण्टापछि रेशम रिहा भएका हुन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।
उनी छुट्ने भएपछि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत डिल्लीबजार कारागार पुगेका थिए ।
सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो ।
र्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएको छ ।
सर्वोच्चका सह(रजिष्ट्रार अच्युत कुइँकेलले दुई वटा विज्ञप्ति जारी गर्दै यसअघि शाखा अधिकृत महिमानसिंह विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई पक्राउ गर्न भनि काटेको पत्र अनधिकृत भएकोसमेत स्पष्ट पारेका छन् ।
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणका कार्यक्रम भएकै दिन रेशम पक्राउ परेपछि उक्त कार्यक्रम समेत बिथोलिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.