विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार अग्रवालले सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने तथा बजार मूल्य प्रभावित पार्ने कसुर गरेको आरोपमा पक्राउ गरिएको हो।
यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। सोही आधारमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धान अनुसार अग्रवालले सस्तोमा सेयर खरिद गरी त्यसपछि भ्रामक प्रचारप्रसारमार्फत सेयर मूल्य बढाउने र महँगोमा बिक्री गर्ने गतिविधि गर्दै आएका थिए। उनले सामाजिक सञ्जाल प्रयोग गरी लगानीकर्तालाई सेयर खरिद गर्न उक्साउने, निश्चित मूल्यसम्म पुर्याइदिने भन्दै झुटो आश्वासन दिने गरेको खुलेको छ।
अग्रवालमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.