सुनसरी बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, मृतक तीन जनाको पहिचान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहा(नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो ।

अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

घाइतेको विवरण


१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।


२, खोटाङ रावावेसि गापा– २ बस्ने  निरुता परियार ।


३  खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।


४,सप्तरी मन्धेव गापा– ६ बस्ने  रबिन्द्रप्रसाद मण्डल ।


५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।


६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा


७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।


८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।


९, ईलाम चुलाचुली  गापा– ३ का ३६ वर्षीय सविन राई ।


१० सप्तरीका रविन्द्र मेहता ।


११,  सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।


१२, खोटाङ हलेसी तुवाचुङ नपा – १० का  ८४ वषीय नेत्रलाल गिरी ।


१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी


१४,झापा अर्जुनधारा नपा – १ साजनटारका सत्य राई ।


१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा  १० वर्षीय रुद्र राय


१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया शोभा यादव ।


१७, सप्तरी राजविराज– १२ का ४४ वषीय प्रमोद रजक  ।


१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।


१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव


२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदीप यादव ।


२१,  सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास


२२,   सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय


२३, सप्तरी राजविराज– ४ का २१  वर्षीय सन्तोष बास्तोला ।

+