विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० होविन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । जसमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० रुगम कुँवर छन् ।
ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० चन्द्रकुवेर खापुङले सार्वजनिक भएका विवरणहरूबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको बताए । उनले गठित समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्य तथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको बताए ।
उनले भने, ‘सञ्चारमाध्यमहरूमा आएका विषयहरूमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’
सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो । बैठकमा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत सहभागी थिए । बैठकमा असम्बन्धित व्यक्तिहरू समेत स्पेनमा भएको कार्यक्रममा गएको हुनसक्ने निष्कर्ष निकालिएको थियो । त्यसपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएका थिए । प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका व्यक्तिहरू नफर्किएको भन्दै संसदमा समेत कुरा उठेको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.