विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं– स्वदेशमा रोजगारीका नयाँ क्षेत्र सिर्जना हुन नसक्दा रोजगारी खोज्दै दैनिक औषत १२ सय ६० नयाँ युवा विदेश जाने गरेको पाइएको छ । यो संख्या गत आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिएका बाहेकको हो ।
चालु आर्थिक वर्षमा दैनिक औषत १ हजार २६० र मासिक औषत ३७ हजार ८०० नेपाली श्रम बजारमा आउने नयाँ युवा खाडी तथा मलेसिया लगायतका श्रम गन्तव्य जाने गरेका छन् । गत आवमा ४ लाख ६० हजार १०२ नयाँ युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ । आन्तरिक रोजगारीको क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिने नयाँ युवाको संख्या गत आवमा समेत उच्च देखिएको थियो । यसरी विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विगत दुई वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औषत २४ हजार नयाँ युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा अहिले यो संख्या बढेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकले विगत दुई वर्षयता रोजगारीका लागि जाने नयाँ युवाको संख्या बढ्दै गएको देखाएको छ । यद्यपि, गत आवमा अघिल्लो आवभन्दा ३४ हजार १२२ कम युवा वैदेशिक रोजगारीमा गएका छन् । विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांकले ७ लाख ४१ हजार २९७ मध्ये नयाँको हिस्सा ६२ प्रतिशत रहेको छ । विभागका निर्देशक लोकनाथ भुसालले गत आवमध्ये पनि पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको बताए । विभागले श्रम स्वीकृति लिनेमध्ये संस्थागत, वैधानिकीकरण (व्यक्तिगत नयाँ) र जिटुजीलाई नयाँ श्रमस्वीकृति र पुनः तथा व्यक्तिगतलाई पुनः श्रमस्वीकृतिको वर्गमा राख्ने गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाका लागि श्रमस्वीकृति जारी भएकोमा गत वर्ष ३० हजार ३० जनाबाट घटेर ७ लाख ४१ हजार २९७ कायम भएको छ । चालु आवको साउनमा ३९ हजार ११५, भदौमा ५३ हजार ३०३, असोजमा ३८ हजार ९४२, कात्तिकमा २४ हजार ७८, मंसिरमा ३४ हजार ५००, पुषमा ३४ हजार ४१५, माघमा ३९ हजार ४२, फागुनमा ३९ हजार ९२०, चैतमा ७९ हजार ९३३, वैशाखमा ७० हजार ६३४, जेठमा ७२ हजार ८६१ र असारमा ५८ हजार ७३६ युवाले श्रम स्वीकृति लिएका थिए । यो संख्या पुनः श्रम स्वीकृति सहितको हो ।
गत वर्ष भने साउदी अरब जाने नयाँ युवाको संख्या बढेर कतार र साउदी अरब जानेको संख्या न्यून थियो । गत आवको तथ्यांकले खाडी राष्ट्रमध्ये पनि यूएई जानेको संख्या सबैभन्दा बढी १ लाख ३१ हजार देखाएको छ । यसरी नै कतार ४० हजार, मलेसिया ८१ हजार, साउदी अरब ७३ हजार रहेको छ । यो संख्या पुनः श्रमस्वीकृति लिने बाहेकको हो । अघिल्लो आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी गत आवमा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आएपछि विगत २ वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि मासिक औषत ३७ हजार नयाँ युवा रोजगारी खोज्दै विदेश गएका छन् ।
यो समाचार कारोबार दैनिक बाट लिइएको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.