विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुप्रणालीको प्रभाव सक्रिय रहँदा देशका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आज आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।
कोशी, मधेशलगायत पहाडी भू–भागका थोरै स्थान र अन्य भू–भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना कायम छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.