विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी गाउँपालिका– ६ बरल्वामा सडक माथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
सडक खुलाउनका लागि प्रयास भइरहेको उनको भनाइ छ ।
वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खवर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.