बागबजारको गेस्ट हाउसमा महिलाको हत्या गरी फरार व्यक्ति पूर्वसैनिक, विवाहेत्तर सम्बन्ध हत्याको प्रमुख कारण

काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा गत चैतमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

नुवाकोटको सूर्यगढी नगरपालिका घर भई काठमाडौं बस्दै आएकी २८ वर्षीया विमला तामाङको हत्या अभियोगमा  प्रहरीले धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरेको हो । 

तामाङको शव गत २९ चैतमा सडेगलेको अवस्थामा फेला परेको थियो । उनको हत्या ११ दिनअघि नै भएको पनि अनुसन्धानबाट खुलेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी अपिल बोहराका अनुसार, भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा पन्तलाई नागढुंगाबाट पक्राउ गरिएको हो । गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए ।

उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।

पूर्व भारतीय सैनिक पन्तले अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।

+