विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्"> वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्"> वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्" />
वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका छ्न् ।मुख्यमन्त्रीको लागि लामाले दावी पेश गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै साँझसम्म लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लामाले आज नियुक्ति लिएपछि भोलि सानो आकारको भएपनि मन्त्रीमण्डल निर्माण र सपथग्रहण हुने जनाइएको छ ।
दुई दलबिच मन्त्रालयको भागबन्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा लामाको दाबी समेत रोकिएको थियो । एमाले र कांग्रेसबिच मुख्यमन्त्री बाहेक ६÷६ वा ५÷७ मन्त्रालयको नेतृत्व लिने भन्ने विवाद भएको थियो । प्रदेशमा बुरा मिल्न नसकेपछि एमालेका सांसदहरु केन्द्र गुहार्न पुगेका थिए । आइतबार राति केन्द्रबाट मुख्यमन्त्री बाहेक ६÷६ वटा मन्त्रालय लिने गरी सहमति गरेपछि एमालेका सांसदहरूलाई हेटौँडा फर्किएका थिए ।
यस अघि दुई पटक मन्त्रीमण्डलमा सहभागी भएकालाई भन्दा नयाँलाई अवसर दिनेगरी तयारी भएको ती प्रदेशसभा सदस्यको भनाई छ ।
कांग्रेसलेपनि यो पटक नयाँलाई अवसर दिने तयारी गरेको छ ।
यसअघि सरकारमा गएर काम गरेको भन्दा नयाँलाई अवसर दिनेगरी छलफल भएको कांग्रेृसका एकजना प्रदेशसभा सदस्यको भनाई रहेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.