प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै चिनियाँ जनमुक्ति सेना बेइजिङ, १८ मङ्सिरः मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै ।

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र  चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने  नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुहुने छ ।

प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको थियो । सोही दिन उहाँले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुुभएको थियो । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबिच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए । रासस

+