विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने मौसमविद्को पूर्वानुमान रहेको छ ।
आज कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल गण्डकी प्रदेशको पहाडी भू(भागको एक्दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार मधेस प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक्दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.