कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी साथै स्थानीय वायुको आङ्शिक प्रभाव रहेको छ ।

देशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा जारी मौसम बुलेटिनका अनुसार आज ९आइतबार० दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आङ्शिक बदली रही बाँकी भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आङ्शिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी र बागमती प्रदेशका पहाडी भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।

+