विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले आज पदबाट राजीनामा दिने भएका छन् । मेयर पदबाट राजीनामा दिएपछि आजै दिउँसो २ बजे उनी रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै छ ।
२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन् । केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम तय भइसकेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.