रास्वपाको केन्द्रीय समितिमा तत्कालीन विवेकशील साझाका ७ नेता मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी समायोजनपछि ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

आइतबार बसेको पार्टी कार्यालय बनस्थलीमा बसेको ५८औँ बैठकले ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार मनोनमयनमा पर्नेमा यसअघि नै रास्वपासँग पार्टी एकता गरेको विवेकशील साझा पार्टीका नेताहरु रहेका छन् ।

जसमा विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटादेखि नेतृ रञ्जु दर्शनासम्म समेटिएका छन् ।

कोको भए मनोनित 

१। समिक्षा वास्कोटा

२। प्रकाशचन्द्र परियार

३। सुरज प्रधान

४। नवराज थापा

५। आशुतोष प्रधान

६। धनेज थापा

७। रञ्जु दर्शना

+