विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सले बजारमा पुगेको गुणस्तरहीन वाइवाइ चाउचाउको केही अंश नष्ट गरेको छ । सिजीले काठमाडौं महानगरपालिकालाई दिएको जानकारीअनुसार बजारबाट केही चाउचाउ फिर्ता लगेर नष्ट गरिएको छ ।
गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक कम्पनी सीजी फूड्सको मातृ कम्पनी चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बेचेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गर्यो। चौधरी ग्रुपबाट उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भेटिएपछि महानगरपालिकाले जरिवाना गरेको थियो ।
सिजी फुड्सले काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा गुणस्तरहीन रहेको वाइवाइको ८ सय ६९ कार्टुन चाउचाउ बजारबाट फिर्ता लगेर नष्ट गरिएको उल्लेख छ ।
अनुगमनका क्रममा चाउचाउ केही कालो र ढुसी आएको पाइएको थियो । महानगरका फुड टेक्नोलोजिष्ट अनिल बस्नेत र अशोक पराजुलीलगायतका प्राविधिक र महानगर प्रहरीको अनुगमन टोलीबाट भएको अनुगमनका क्रममा एसके इन्टरप्राइजेजबाट वितरण भएको चौधरी ग्रुपको वाइवाइ चाउचाउको ब्याच नम्बर 60-GM RS 20 AL/YL 23, CHAI. 2080 चाउचाउ अस्वभाविक देखिएको कारण केही कार्टुन चाउचाउ त्यहीँ नै नष्ट गरिएको थियो ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिम कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम महानगरले चौधरी ग्रुपलाई जरिवाना गरेको हो ।
महानगरले २०८० चैत महिनामा उत्पादित चाउचाउ जफत गरेर १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउ फेल भयो । चाउचाउमा एसिड भ्यालु अधिक रहेको पाइएको हो । महानगरपालिकाका अनुसार तेलको गुणस्तर राम्रो नहुँदा वा उच्च तापक्रम हुँदा यस्तो समस्या आउन सक्छ ।
ल्याब परीक्षणबाट उक्त चाउचाउ खानका लागि अयोग्य साबित भएपछि महानगरपालिकाले बजारमा वितरण भएका बाँकी चाउचाउ पनि फिर्ता लगेर नष्ट गर्न तथा काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ मातहत रही २ लाख रुपैयाँ जरिवाना तिर्न ७ दिनको समय दिएर २०८१ वैशाख १२ गते पत्र काटेको थियो ।
हेर्नुहोस्, महानगरले वाइवाइलाई दिएको पत्र

महानगरपालिकाको अनुगमनमा परेलगत्तै वाइवाइले विज्ञप्ति नै निकालेर वाइवाइ गुणस्तरहीन नरहेको र स्टोरेजका कारण त्यस्तो भएको हुनसक्ने भन्दै वक्तव्यबाजीसमेत गरेको थियो ।
तर चौधरी ग्रुपले त्यसको ६ दिनपछि अर्थात् वैशाख १८ गते नै काठमाडौं महानगरपालिकालाई २ लाख रुपैयाँ जरिवाना तिरेको प्रमाण लोकपथले फेला पारेको छ ।
सूचनाको हक प्रयोग गरेर लोकपथले प्राप्त गरेको विवरणअनुसार सङ्केत नम्बर १४३१२ को प्रशासनिक दण्ड, जरिवाना र जफतको उपशीर्षकमा जरिवाना बापत चौधरी ग्रुपले २ लाख रुपैयाँ तिरेको हो ।
त्यसो त वाइवाइले वैशाख १२ गते नै काठमाडौं महानगरपालिकालाई लेखेको पत्रमा पनि गल्ती स्वीकार गरिएको छ । महानगरपालिकालाई ‘अवगतार्थ’ भनी लेखिएको पत्रमा तापक्रम नाप्ने मेसिनले सो समयमा सही तापक्रम नदेखाएको कारण त्यस्तो भएको उल्लेख छ ।
त्यसैगरी उक्त समयमा तेलको तापक्रम बढेको उल्लेख छ भने चाउचाउको केही प्याकेटमा प्याकेटभित्र रहेको मसला पोखिएको कारण ढुसी आएको उल्लेख गरिएको छ ।
वाइवाइले दिएको पत्रमा अबदेखि उत्पादन हुँदा पारामिटर स्ट्याण्डर्ड भन्दा बाहिर गएमा तत्काल नियन्त्रण गर्ने, तेलको तापक्रम र गुणस्तरमा ध्यान दिने र गुणस्तरमा शंका लागेमा बजारमा नपठाउने उल्लेख गरेको छ ।
यसरी वाइवाइ चाउचाउको उत्पादनमा गुणस्तरहीन तेलको प्रयोग गरी पोटासियम हाइड्रोअक्साइडको मात्रा बढेको पाइएपछि महानगरपालिकाले वाइवाइलाई कारबाही गरेको थियो ।
एसिड भ्यालुको मात्रा बढी भएमा के हुन्छ रु
तयारी चाउचाउमा हुने एसिड भ्यालुको मात्रा प्रतिग्राम १ मिलिग्रामभन्दा बढी हुन नहुने नेपालको मापदण्ड छ । विश्वका अन्य देशमा पनि बढीमा प्रतिग्राम २ मिलिग्रामभन्दा बढी एसिड भ्यालु ९पोटासियम हाइड्रोअक्साइड० हुन नहुने उल्लेख छ । तर चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा झन्डै १४ मिलिग्राम पोटासियम हाइड्रोअक्साइडको मात्रा भेटिएको थियो ।
पयजरन भन्नाले प्रतिग्राममा हुने वा भएको पोटासियम हाइड्रोअक्साइडको मिलिग्रामको मात्रा भन्ने हो । नेपालमा चाउचाउको हकमा प्रति एक ग्राम चाउचाउको एसिड भ्यालु १ मिलिग्रामभन्दा बढी हुन पाउँदैन । तर वाइवाइमा भेटिएको झन्डै १४ मिलिग्राम एसिड भ्यालु अत्यधिक हो र यसले अल्सर गराउन सक्छ ।
पोटासियम हाइड्रोअक्साइडको मात्रा बढी हुँदा यसले ग्यास्ट्रिक गराउने, छाती पोल्ने र पेटमा अल्सर तथा कालान्तरमा क्यान्सरसम्म गराउन सक्छ ।
पोषणविद् डा. अरूणा उप्रेती भन्छिन
चाउचाउले बालबालिकालाई धेरै नै असर गर्छ । बालबालिकालाई सानैदेखि चाउचाउ खान दिँदा उनीहरूको कलेजो र मिर्गौलामै असर पार्छ । साथसाथै मोटोपन समस्या स्वतः निम्त्याउँछ । यस्ता खानेकुरा खाने बानी परेका बालबालिकाले घरमै पकाएको स्वस्थकर खाना रूचाउँदैनन् । जसकारण उनीहरूमा कूपोषण देखिन्छ ।’
उनका अनुसार अत्यधिक चाउचाउ सेवनले रोग प्रतिरोधात्मक क्षमता नै घटाउँछ । समाजको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले नै चाउचाउबारे गलत प्रचार गर्दा आम नागरिकमा भ्रम पैदा भएको उनको भनाइ छ ।
‘नाम चलेका कलाकारले नै चाउचाउ लगायत अन्य जङ्कफूडको प्रचा गरिदिँदा समस्या थप बढेको छ । यसमा भिटामिन प्रशस्त मात्रमा पाइन्छ जस्ता भ्रमपूर्ण विज्ञापनको लहैलहैमा पनि चाउचाउ लगायत पत्रु खाना सेवन अत्यधिक भइरहेको छ,’ डा। उप्रेती भन्छिन्, ‘नियमित चाउचाउ खाँदा यसको स्वाद बस्छ । एकप्रकारले चाउचाउ खाइरहूँ लाग्नु कुलत नै हो । यसको असर नेपाली समाजमा देखिन शुरू भइसकेको छ । जसको परिणाम – नसर्ने रोगको समस्याले विकराल रूप लिइरहेको छ ।’
त्यसैले यस्ता अनावश्यक र भ्रमयुक्त विज्ञापनहरू तत्काल बन्द गर्नुपर्ने उनको भनाई छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.