विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन् ।
मङ्गलबार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।
राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको जानकारी दिए ।
त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने राष्ट्रपति पौडेलको भनाइ छ ।
‘‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान चार सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु ।
त्यहाँ मूर्तिवाटिका हुन्छ ।,’’ राष्ट्रपति पौडेलले भने, ‘‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ ।
त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो ।’’
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्द्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.