विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज शुक्रबार माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
पोखरापछि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको रास्वपाले विगतमा कांग्रेस र एमाले सरकार जोडिएका भ्रष्टाचारलाई नाराका रुपमा अघि सारेका थिए ।
प्लेकार्डसहित प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताले भ्रष्टाचारविरोधी चर्का नाराबाजी गरेका छन् । माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू बिजुली बजारसम्म पुगेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ रु यति ओम्नी खोइ रु नक्कली भुटानी शरणार्थी खोइ रु टीकापुर जग्गा, गिरीबन्धु खोइ रु, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.