नेपाल एकिकरणपछि नेपालले गरेका तीन चर्चित सन्धि

नेपाल एकिकरणपछि मुलुकभित्र मात्र होइन मुलुक बाहिरसमेत नेपालले आफ्नो शाखा जोगाउन पटकपटक युद्ध गरेको इतिहास छ।

राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि आफ्नो भूभागमाथि भएको विदेशी आक्रमणविरुद्ध भएका कतिपय युद्धमा नेपालले सफलता हासिल गरेपनि कतिपय युद्धमा नेपाल पराजित हुन पुगेको थियो।

सुगौली सन्धिस् सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाल युद्धलाई विराम दिँदै नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१५ डिसेम्बर २ मा भएको सम्झौतालाई सुगौली सन्धि भन्ने गरिएको छ।

यो सन्धिपछि दोस्रोपटक नेपाल(अंग्रेज युद्धको विधिवतरूपमा अन्त्य भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको दुई तिहाइ भू(भाग गुमाउनुपरेको थियो। सन्धिमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्नेल प्यारिस ब्राड्सले हस्ताक्षर गरेका थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपेली कर्मचारीलाई राख्ने अधिकारबाट पनि वञ्चित गर्नुपर्ने उल्लेख गरिएको थियो।

यसअघि फ्रान्सका सैनिक कमान्डरले नेपाली सेनालाई तालिम दिने गरेका थिए। उक्त सन्धिबाट नेपालले गुमाएका क्षेत्रमा कालीनदीको पश्चिमी भाग कुमाउँ९वर्तमान उत्तराखण्ड०, गढवाल ९वर्तमान उत्तराखण्ड०, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्र काँगडा ९वर्तमान हिमाञ्चल प्रदेश० र तराई क्षेत्रका धेरै भाग रहेका छन्।

तराई क्षेत्रका केही भाग भने सन् १८१६ मा नेपाललाई फर्काइएको थियो।सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगका निम्ति कृतज्ञता प्रकट गर्न पुनः सन् १८६५ मा हालका बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाललाई फर्काइयो, जसलाई नयाँ मुलुक भनिन्छ।

शान्ति एवं मैत्री सन्धीस् सुगौली सन्धिलाई सधैँका लागि सच्याउनका लागि सन् १९५० जुलाई ३१ मा शान्ति एवं मैत्री सन्धि भयो। जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइएको थियो। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत र नेपालको सम्बन्धलाई पुनर्जीवन दिन यो सन्धि भएको थियो।

थापाथली सन्धिस् तिब्बतको चिङ वंश मातहत र नेपाल अधिराज्यबीच थापाथली दरबारमा भएको सन्धिलाई थापाथली सन्धि भन्ने गरिएको छ। विसं १९१२ को पुस महिनामा तिब्बती प्रतिनिधि मण्डलसँग वार्ता शुरू भएको थियो। लामो छलफलपछि दुई पक्षबीच विसं १९१२ को चैत १३ गते ९जुन १८५६०थापाथली दरबारमा उक्त सन्धिमाथि हस्ताक्षर भएको थियो। यही सन्धिलाई थापाथली सन्धि भन्ने गरिएको छ। उक्त सन्धिपश्चात् चीनले क्षतिपूर्तिस्वरूप दुई लाख ३३ हजार रुपियाँ नेपाललाई प्रदान गरेको थियो।

बेत्रावती सन्धिस् विसं १८४९ ९सन् १७९२ ० मा बेत्रावती त्रिशूली नदीको किनारमा नेपाल ९तिब्बत(चीन युद्ध अन्त्य गर्न बेत्रावती सन्धि भएको थियो। युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडि धकेल्दै रसुवागढीबाट धपाउने प्रयास ग¥यो। भोटको सेना त्रिशूली बेत्रावती, नुवाकोटसम्म आइपुगेपछि काठमाडौंमा त्रासको वातावरण सिर्जना भयो। नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे(चिनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दूरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग बेत्रावती सन्धि गरेको थियो।

सो छलफल कार्यक्रममा नेपाल सरकारका सचिव तथा प्रदेश सरकारका प्रमुख सचिवहरूले आ–आफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्या तथा आयोगबाट पठाइएका सुझाव कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा अर्थ सचिव डा। रामप्रसाद घिमिरेले आयोजना व्यवस्थापन प्रभावकारी हुन नसकेको, साना तथा टुक्रे आयोजनामा बजेट बिनियोजन हुने गरेको, बिनातयारी र प्रतिफल सुनिश्चित नभएका आयोजनामा बजेट विनियोजन हुने गरेको, बहुवर्षीय आयोजनाको अत्यधिक स्रोत सुनिश्चितता गरेको कारणले राज्यकोषमा दबाब सिर्जना भएको औंल्याउँदै बजेट निर्माण गर्दा यथार्थतामा आधारित हुन आवश्यक रहेको बताउनुभयो ।

छलफलको सहजीकरण गर्दै आयोगका सचिव घनश्याम उपाध्यायले पनि सुशासन, सेवा प्रवाह र विकास निर्माणका कार्यमा सचिवहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यता औंल्याउनुभयो ।

+