विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई गरेको छ । उनीहरूमाथि ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा र मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरस्थित नरेफाँटबाट उनीहरूलाई आइतबार पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार आवश्यक अनुसन्धानपछि उनीहरुलाई सार्वजनिक गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको बताए । उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.