प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन"> प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन"> प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन" />

नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।

पानी परिरहेकोले पहिरो खस्ने क्रम रोकिएको छैन । थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ ।

पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने प्रहरीले जनाएको छ ।

+