विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सरकारले धरहरा चढ्नका लागि मूल्य निर्धारण गरेको छ । मंसिर ९ गतेदेखि सञ्चालमा आउने धरहरा चढ्नका लागि सरकारले प्रतिव्यक्ति २०० रुपैयाँ तोकेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई आधा छुट दिने शहरी विकास मन्त्रालयले जनाएको छ ।
यसका साथै सरकारले धरहरा चढ्न स्वदेशीलाई प्रतिव्यक्ति शुल्क २००, सार्क मुलुकका नागरिकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अहिलेलाई नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लिइएर धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको थियो ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.