विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।
शुक्रबारको तुलनामा तोलामा ५ सयले वृद्धि भइ सुनको मूल्य नेपाली बजारमा १ लाख ५६ हजार ८ सय पुगेको हो, जुन हालसम्मकै उच्च मूल्य हो ।
पछिल्लो एक वर्षको कुरा गर्ने हो भने नेपाली बजारमा सुनको मूल्य तोलामा ४५ हजारले वृद्धि भएको देखाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार एक वर्ष अघि अर्थात् ०८० साल भदौ ३० गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय रहेको थियो । ठ्याक्कै एक वर्षपछि अर्थात् आजको कुरा गर्ने हो भने सुनको मूल्य तोलामा ४५ हजारले बढेको हो ।
नेपाल भारत लगायत केही देशमा सुनका गरगहना बढी प्रयोग हुने भएकाले पनि सुनको मूल्यको वृद्धिलाई चासोका साथ हेरिन्छ ।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार समायोजन हुने भएकाले अन्तर्राष्ट्रिय बजार, वैदेशिक मुद्रा र अन्तर्राष्ट्रिय बैंकको ब्याजदरअनुसार नेपालमा सुनको मूल्य घटबढ हुने गरेको छ ।
पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय साथै नेपाली बजारमा समेत सुनको मूल्यमा अत्याधिक वृद्धि हुनुमा युरोपेली केन्द्रीय बैंक ९ईसीबी० ले ब्याजदर घटाएको असरलाई लिइएको छ । पछिल्लो समय ईसीसी ब्याजदर ०।२५ प्रतिशतले घटाएर ३।५० प्रतिशतमा पु¥याएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ह्वात्तै बढेको हो ।
त्यस्तै यसअघि पनि ईसीबीले यसै वर्षको जुनमा पहिलो पटक निक्षेपको ब्याजदर ४ प्रतिशतबाट घटाएर ३।७५ प्रतिशतमा झारेको थियो ।
त्यति मात्रै होइन अमेरिकी केन्द्रीय बैंकले फेडरल रिजर्भले पनि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । जसको असर सुनको बजारमा देखिएको हो । ब्याजदर घटेपछि लगानीकर्ता डलरको सट्टा सुनमा लगानी गर्न उत्प्रेरित भएकाले सुनको माग र मूल्य बढेको बढेको हो । त्यसो त नेपाली बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबारको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु प्रति औंस २ हजार ५ सय ६८ दशमलव ५ अमेरिकी डलरमा कारोबार भएको छ ।
विश्लेषकहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको वर्तमान अवस्थालाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने देखिन्छ ।
त्यसका साथै आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको असर समेत सुनको बजारमा देखिएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनले सम्भावित बजार अस्थिरताले लगानीकर्ताहरूलाई सुनको कारोबारतर्फ धकेल्न सक्ने, जसका कारण बजारमा माग बढी भएसँगै मू्ल्यमा समेत वृद्धि हुनक्ने विश्व गोल्ड काउन्सिलका बजार रणनीतिकार जोसेफ काभाटोनीको विश्लेषण रहेको छ ।
उनका अनुसार आफूहरुले पश्चिमी लगानीकर्ताहरुको माग बढाउने अन्य कारकहरुको मूल्यांकन गरेको र अमेरिकी निर्वाचनले बजार अनिश्चितता बढाउने कारणले पनि सुनको लगानीमा लगानीकर्ताहरु लाग्न सक्नेछन् ।
जोसेफ काभाटोनीले भने, ‘हामी पश्चिमी लगानीकर्ताबाट माग बढाउने अन्य कारकहरू पनि मूल्याङ्कन गर्दैछौं, जसमा आगामी अमेरिकी चुनावले अनिश्चितताले सुनको लगानीका बारेमा बजार विश्लेषण गरिरहेका छौँ ।’विश्लेषण गरिरहेका छौँ ।’
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.