विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
कोशी प्रदेश सरकारले आज र भोलि प्रदेशकै पहिलो लगानी सम्मेलन आयोजना गर्दैछ।
विराटनगरमा हुने दुई दिवसीय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको छ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइरालाका अनुसार सम्मेलनमा लगानीका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछन्।
तीमध्ये करिब दुई दर्जन परियोजना कार्यान्वयनका लागि विभिन्न लगानीकर्तासँग सम्झौता हुने बताइएको छ।
सम्मेलनमा प्रस्तुत गरिने ७१ वटा योजनाको कुल लागत एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।
पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि ९आईटी०, सेवा लगायत आठ वटा महत्वपूर्ण क्षेत्रका परियोजनाहरूलाई सम्मेलनमा प्रदर्शन गरिनेछ।
कोशी प्रदेश सरकारले आयोजना गरेको यो लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रका लगानीकर्ताका साथै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायत विभिन्न देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको पनि सहभागिता रहनेछ।
लगानी सम्मेलनलाई थप सहज बनाउन र लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारले सम्मेलनअघि नै आठ वटा कानूनलाई अध्यादेशमार्फत संशोधन गरेको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले लगानी आकर्षित गर्नका लागि आवश्यक ऐनहरू संशोधन गरिएको जानकारी दिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.