विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजार नजिक धरान–चतरा सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ। सिन्धुलीबाट हेटौंडातर्फ गइरहेको बा।प्र।०६–००१ ख ०२७० नम्बरको बस बुधबार राति अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा निस्किएका कृषक, प्राविधिक र कर्मचारी सवार थिए। भ्रमण सकेर फर्किंदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर र सामान्य गरी ३१ जना घाइते भएका छन् । तीमध्ये श्रीराम बज्यु, रिता कुमारी मगर, डा। सरोज ओझा र उनकी श्रीमती रेश्मा सुवेदी, कार्यपालिका सदस्य सुमित्रा लामा, सानी आले, अनिल स्याङबो लगायतलाई थप उपचारका लागि भरतपुर पठाइएको छ।
यस्तै अन्य घाइतेहरूलाई हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार गरिएको छ । तीमध्ये केहीलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
बसका सहचालक सतिह दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक भने घटनापछि फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.