विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सर्वोच्च अदालतले जेनजी प्रतिनिधि र सरकारबिच भएको सम्झौताबारे कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सो आदेश दिएको हो ।
मंसिर २४ गते सरकार र जेनजी प्रतिनिधिबिच विभिन्न सर्तसहित सम्झौता भएको थियो । उक्त सम्झौता संविधान विपरित र असंवैधानिक रहेको भन्दै डा। प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ बिहीबार रिट दायर गरेका थिए ।
सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको हो ।
‘उल्लिखित सर्वोच्च अदालतमा आज माननीय न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रत्यर्थी प्रधानमन्त्री सुशीला कार्की सरकारको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशको छलफलमा बोलाउने आदेश गरेको छ,’ रिट निवेदक सिलवालले भनेका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.