विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
हाल देशको अधिकांश भूभागमा पश्चिमी वायु स्थानीय वायु र मनसुनी वायुको प्रभावको देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी प्रदेशमा मनसुन सक्रिय बनेको छ भने देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ।
जसको प्रभावका कारण कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
बुधबार दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।
कोशी र मधेसमा धेरै वर्षा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.