विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
मुलुकी फौजदारी संहितामा ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनिएको छ ।
काठमाडौं । चप्पल लगाएर पाँचतारे होटेल प्रवेश गरेको भन्दै केकसेवाका राइडरमाथि दुर्व्यवहार भएको छ । सोल्टिमोडस्थित पाँचतारे होटेल हायात प्लालेसमा फुड डेलिभरी गर्न गएका राइडरमाथि दुर्व्यवहार भएको हो ।
मुलुकी फौजदारी संहितामा ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनिएको छ ।
होटलमा विदेशी पर्यटकहरू थिए । उनीहरूले अर्डर गरेको केक डेलिभरी गर्न गएका डेलिभरी ब्वाईलाई गत असार १२ गते बुधबार होटेल परिसरभित्र प्रवेश गर्नबाट रोकेको केक सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केकसेवा डट कमका डेलिभरी ब्वाईलाई होटलमा छिर्नै नदिएर होटलका कर्मचारीले गरेको यस्तो दुर्व्यवहारका विषयमा आपत्ति जनाएको छ ।
केक सेवा डट कमका डेलिभरी ब्वाईले चप्पल लगाएको भन्दै होटेल परिसर भित्रै प्रवेश गर्न रोकेको केकसेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले जनाए ।
प्रचण्ड गर्मीमा चप्पल लगाउनु सामान्य भएको र कुनै पनि होटेल प्रवेशमा चप्पल लगाउनु ड्रेस कोडको मान्यता विपरीत नभएको केकसेवा डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाको दाबी छ ।
आतिथ्य सत्कारमा केन्द्रित हुनुपर्ने होटलले अतिथिलाई होटलभित्र प्रवेश गर्नैबाट गरेको रोकतोक निन्दनीय भएको सरोकारवालाहरूले बताएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.