विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
गत १६ भदौमा ३० वर्षे सेवा अवधिका कारण प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि नायव महानिरीक्षक (डीआईजी) सम्मका ८९ प्रहरी अधिकारीहरु एकसाथ अवकाशमा गएपछि त्यसको असर विभिन्न प्रहरी कार्यालयमा परेको छ । डीआईजी प्रमुख हुने कार्यालयसमेत प्रहरी उपरीक्षक (एसपी) को भरमा चल्न थालेपछि सोमबार बेलुकी मात्र रिक्त ठाउँमा डीआईजीको काज सरुवा गरिएको छ । कतिपय कार्यालय वरिष्ठ उपरीक्षक (एसएसपी) विहीन बनेका छन् ।
यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरमा हुने ठूला अपराधका घटनाहरु अनुसन्धान गर्ने जिम्मेवारी रहेको अपराध अनुसन्धान कार्यालयका तीन वटा पिलरहरू नै अहिले प्रमुखविहीन बनेका छन् । ती पिलरको प्रमुख डीएसपी हुने व्यवस्था रहेको छ । वैदेशिक रोजगारसम्बन्धी ठगीको अनुसन्धान गर्ने पिलरका प्रमुख गोविन्द पन्थी, डाँका चोरीको अनुसन्धान गर्ने पिलरका प्रमुख किरण न्यौपाने र प्रशासन शाखाका प्रमुख ऐनबहादुर मल्ल ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाशमा गएपछि ती पिलर नेतृत्वविहीन बन्न पुगेको हो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.