विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
निर्वाचन प्रक्रियालाई थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले आयोगले यो कदम चालेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ ९१० मा भएको व्यवस्थाअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले मनोनयनका क्रममा पेस गरेको विवरण सार्वजनिक गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदाता, सञ्चारमाध्यम र सरोकारवाला निकायले उम्मेदवारबारे सत्यतथ्य जानकारी पाउन सकून् भनेर यो विवरण आयोगको वेबसाइटमा उपलब्ध गराइएको हो।
यस पटकको निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.