विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन् ।
आज कानून, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा यही १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको भनिएको मानव अधिकार उल्लङ्घनबारे छलफल हुनेछ ।
यस सम्बन्धमा गृहमन्त्री रमेश लेखकले समितिमा उपस्थित भई जवाफ दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ ।
बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग सरकारी खरिद प्रक्रियाको अनुगमन तथा सुधारका विषयमा छलफल गरिनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
यो विधेयक नेपालको जल यातायात क्षेत्रको कानूनी व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.