एनपीएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

त्रिभुवन  अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत  इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछ ।

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । 

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको  थियो ।

+