विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार झिनो अंकको वृद्धि भएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से २।९५ विन्दुले बढेर २६३३।८७ अंकमा अडिएको हो ।
यस दिन ३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकम भने सुस्त देखिएको छ ।
मंगलबार सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने दोस्रोमा नेपाल फाइनान्स छ भने तेस्रोमा रिभर फल्स पावर रहेको छ ।
यस दिन सबैभन्दा धेरै सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यसै गरी, आज सबैभन्दा धेरै कथेली बुखरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.