चेक बाउन्समा अब १ महिनादेखि दुई वर्षसम्म कैद सजाय, पाँच प्रतिशत जरिवाना पनि

चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० उपर दफाबार छलफल भएको थियो । सो क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।


+